NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व तृतीया - ३

सुनसरी भन्सार कार्यालयको परिचय

सुनसरी भन्सार कार्यालय नेपालको प्रदेश नं. १ कोशी अञ्चलको सुनसरी जिल्ला कोशी गाउपालिका वडा नं. ८, सेतुवन्धु कोशी ब्यारेज-सप्तकोशी नदीको पूर्व दक्षिण तर्फ यसको कार्यलय रहेको छ । यस भन्सार कार्यालय भन्दा पश्चिम प्रदेश नं. २ को प्रदेश राज्य रहेको छ जसलाइ कोशी नदीले सिमांङ्कन गरेको छ र उत्तर पूर्व तर्फ सुनसरी जिल्लाको आन्तरीक तथा वाह्य पर्यटकको गन्तब्य स्थलका रुपमा परिचित कोशी-टप्पु तथा श्रीलंका-टप्पु अवस्थित रहेकाछन त्यसैगरी दक्षिण तर्फ भारतको विहार प्रदेश अन्तर्गतको सीमावर्ती जिल्ला सुपौलको सानो बजार भिमनगर पर्दछ । यस कार्यालय भन्दा पूर्व महेन्द्र राजमार्गले छोएका भन्टावरी, इनरुवा, ईटहरी, धरान बजार प्रमुख रहेकाछन । भारतसँग सिमाना जोडीएका गाउपालिकाहरुमा कोशी गाउपालिक, भोक्राहा नरिसंह गाउपालिका, हरिनगर गाउपालिका, देवानगन्ज गाउपालिका र बर्जु गाउपालिका रहेकाछन । वि.स. २०४९ भन्दा अगाडी यो भन्सार कार्यालय बिराटनगर भन्सार कार्यालयको मातहतमा छोटी भन्सार कार्यालयको रुमा सँचालित रहेको थियो भने मुल भन्सारमा स्थापना भए पछि यस भन्सार कार्यालय मातहतका ७ छोटी भन्सार कार्यालयहरु रहेकाछन । २०७० साल देखि कार्यालय प्रमुखका रुपमा उप-सचिव पद रहने गरी हाल यस कार्यालयमा कर्मचारीहरुको स्विकृत दरबन्दी संख्या २४ रहेको छ । हाल सुनसरी जिल्लाको हरिपुर गाउपालिका कोशी ब्यारेज देखि पूर्वमा बर्जु गाउपालिकाको अम्डुवा सम्मको ६३ कि.मि. लम्बाइ रहेको क्षेत्राधिकार यस कार्यलय अन्तर्गत पर्दछ । यस भन्सार कार्यलयको क्षेत्रफल १-०-० विघा रहेकोछ